• २०८१ जेष्ठ ३१ गते बिहिवार

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस