• २०८१ माघ ८ गते मङ्गलवार

सरकारले गर्यो कोरोना सम्बन्धी ५ महत्वपूर्ण निर्णय, भोलीदेखि लागुहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २१, काठमाडौँ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमण नेपालमा व्यापक मात्रामा बढ्दै गएपछि गहृ मन्त्रालयले पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको हो ।

सरकारले शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमामा रोक लगाएको छ । सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरेका छ । यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस