• २०८१ पुष २९ गते सोमवार

सरकारको बिकास निर्माणको योजनाहरु समयमै बन्छ मुख्यमन्त्री पोख्रेल

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २१, दाङ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको बिकास निर्माणको योजनाहरु समयमै बन्छ विकास निर्माणमा नागरिकहरुको खबरदारी जरुरी रहेको बताए । बुधबार जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले समाज सचेत र नागरिकहरुको खबरदारी भए मात्रै विकास हुने बताएका हुन् ।

निर्माणमा ढिलाई भएका कटुवाखोला र पत्रे खोलाको काम प्रति इंगित गर्दै मुख्यमन्त्री पोख्रेलले जिम्मेवारी लिनेले काम नगर्ने र त्यसलाई राजनितिक संरक्षण भैरहने प्रबृत्तीका कारण विकास अलपत्र परेको उल्लेख गरे । राज्यले गरेका लगानीमा चासो, सहभागिता र खबरदारी सबै नागरिकहरुमा हुन आवश्यक रहेको बताए । तीन तहका सरकारले तय गरेका कार्यक्रम र बजेटको सहि सदुपयोग गराउने जिम्मेवारी जिल्ला समन्वय समितिको भएको उल्लेख गरे । आर्थिक, सामाजिक, भौतिक विकासमा देश अघि बढेको भन्दै उनले सरकारले ल्याउने योजनालाई आफ्नो सम्पत्ती ठानेर सहि सदुपयोग गर्न नागरिकहरुलाई अपिल समेत गरे । दाङको विकास र संबृद्धीलाई अब जनताको जिवन स्तर उठाउने सवाल सँग जोडेर सरकार अघि बढेको बताए ।

साथै मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको काम प्रति गम्भिर असन्तुष्टि बताए । कोरोना जाँचका दुई वटा मेसिन राखेको प्रतिष्ठानले महामारीको बेला पैसामा ध्यान दिएर मेसिन बन्द गरेर बस्ने कार्य प्रति असन्तुष्टि जनाए । उपचार र पढाईमा बिषेश ध्यान दिदै जग्गा खोजीमा लाग्नुपर्ने प्रतिष्ठानले व्यापार गर्ने तर्फ ध्यान दिएको भन्दै मुख्यमन्त्री पोख्रेलले यस बिषयमा पनि राजनितिक दलहरु बिभाजित हुनु बिडम्बना भएको उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले स्थानिय सरकारको कार्यक्रम र बजेटलाई सफल बनाउन समन्वयकारी भूमिकामा आफुहरु सधैसँगै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस