• २०८१ पुष २८ गते आइतवार

ललितपुरको बंगलामुखी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,काठमाडौं । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३।५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।

प्रतिक्रिया दिनुहोस