भारतमा लामो समयदेखिको विवादित अयोध्याको बिषयमा गत वर्षको नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले विवादित क्षेत्रमा राम मन्दिर नै बनाउन बाटो खुल्ला गरेपछि मोदीको अयोध्यामा राम मन्दिर बनाउन अयोध्यामा अगस्ट ५ मा राम मन्दिरको शिलान्यास(भूमिपूजन) हुँदैछ।
त्यसैको तयारी स्वरुप अहिले अयोध्यालाई फूल र बत्तीले सिंगारिएको छ । तर नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले एक प्रसंगमा भारतको अयोध्या राम जन्मस्थल नभइ नेपालको ठोरिमा अबस्थित अयोध्यापुरी रामको बास्तबिक जन्मस्थल भएको भन्ने अभिब्यक्ति ले फेरि अर्को तरंग थपेको छ । जुनकुनै हालतमा अयोध्यामा राम मन्दिर बनाउन लागि परेको भारतलाइ नेपालको प्रमको भनाइले त नरोक्ला तर फेरि एउटा बहसको बिषय चै पक्कै बनेको छ ।
बृटिस उपनिवेश कालपश्चात भारतले औपचारिक रुपमा आफ्नो ईतिहास लेख्न सुरु गरेको थियो । प्रायजसो भारतीय इतिहास ब्रिटिश शासकहरुको कथन र अनुमानमा आधारित रहेको पाइन्छ । भारतीय ईतिहासकार सत्यकेनु बिध्याकारले लेखेको प्राचिन भारतिय ईतिहासको बैदिक युगु मा मनु राजाले राज्य गरेको मध्यदेशको राजधानि अयोध्या भनि उल्लेख गरेको पाइन्छ। यध्यपी नेपालको ठोरि नजिकैको अहिले चर्चामा आएको अयोध्या लाइ पनि प्राचिन कालमा मध्य तराइ वा मध्यदेश भनिन्थ्यो । इपु २५०० को मनुको ६४ औ पिढिका राजा दशरथ लगभग इपु १३०० तिरका हुनुपर्छ र मिथिलाका राजा जनक पनि त्यतिबेलातिरकै भएको ईतिहास कारहरुको बुझाइ छ । दसरथ र रामका समकालिन बाल्मिकी ऋषि पनि ईपु १३०० तिरकै हुन । नेपालको बराह क्षेत्रदेखि देउघाटस्थित बाल्मिकि आश्रम हुदै मुक्तिनाथ सम्मको भागलाप बैदिक आर्यहरुको केन्द्र मानिन्थ्यो । बाल्मिकी ऋषिको आश्रम वरिपरिको क्षेत्रलाइ रामनामसँग जोडेर चर्चा हुने गरेको थियो । बैदिक सभ्यताको केन्द्र मा रहेको बाल्मिकी आश्रम लाइ आधार मानि हेर्दा ढोरिस्थित अयोध्यापुरी रामको जन्मस्थल हुन सक्छ । बाल्मिले इपु १३०० मा लेखेको रामायणलाइ पछि पुस्तकको स्वरुप दिने बेलामा इपु ५०० तिरका बुद्धको निन्दा गरिएको प्रसँगले भारतियहरु ईतिहासलाइ तोडमोड गर्न नियोजित रुपमा लागेको प्रष्टै हुन्छ । यस्तै अन्य कतिपय ग्रन्थहरुको लेखाइपनि यस्तै प्रकृतिका छन । रामलाइ त्रेता युगको भनेर मानिएका पनि युगहरु (सत्य, त्रेता, द्वापर, कलि) प्रतिको ऐतिहासिक पृष्ठभूमि एकआपसमा मिल्दैनन् । जसबाट युगको बिभाजन पनि तथ्यमा आधारित छैनन । अयोध्यायुरि नजिकैको सरयु नदिको नाम २०० सालतिर लिछ्छबिहरुले राज्य कब्जा गरेपछि किरात कालिन अवशेषहरु मेटाउने क्रममा नारायणि, राप्ति या माडि भनि परिवर्तन गरेको हुन सक्ने ईतिहासबिधहरुको आशंका रहेको छ, पछि भारतियहरुले काल्पनिक रुपमा अयोध्या नजिकैको नदिलाइ सरयु नदि भनि नामाकरण गरे । यसर्थमा अहिले प्रचलनमा आएका रामायण र बेदमा उल्लेखित कुराहरु पनि रचनाकारकै शब्दमा होइनन्, अनुसरण कर्ताले परिमार्जन गर्दै लिपिबद्ध गरेका हुन ।
बौद्ध धर्मको बुद्ध तिर्थस्थल रहेको भारतको अयोध्या बुद्धगयाजस्तै बुद्धिष्ट हरुको आकर्षण को केन्द्र बनिरहेको थियो । सो स्थानको बुद्ध मार्गिहरुको दाबिलाइ हालसालै उत्खनन गर्ने क्रममा त्यहा भेटिएका बुद्धको ढुङ्गे मुर्ति तथा अन्य बुद्दकलिन सामाग्रीले पनि पुष्टि गर्दछ । राजनैतिक आग्रह वा धार्मिक अतिवादको चिन्तनबाट बच्न असफल रहेको उक्त स्थानमा सन १६०० तिर मुगल राजकुमार बाबरले भारतको उक्त स्थानमा बाबरि मस्जिद बनाए । जसले बुद्ध धर्मावलम्वीहरूमाथि चोट पुर्याउनुका साथै धार्मिक युद्धलाइ मलजल समेत गर्यो । तर सो क्षेत्रका हिन्दुहरुले १९९२ मा उक्त स्थान ११ औ सताब्दीदेखि राम मन्दिर रहेको आरोप लगाउदै बाबरि मस्जित ध्वस्त पारिदिए । ठुलो धार्मिक युद्ध तथा असहिष्णुता बेहोर्नु परेको उक्त घटनाले त्याहाका हिन्दू र मुस्लिम समुदायको बिचमा ठुलो बिभाजन ल्याइदियो, दुइ धार्मिक सम्पदाहरू एक आपसमा तोडफोड र आगजनिमै उत्रिदा स्थिति नियन्त्रण गर्न राज्यलाइ हम्मे हम्मे परेता पनि बहुसंख्यक हिन्दूहरूको बसोबास रहेको र हिन्दुहरुकै शासन रहेकाले राज्य एक धर्मप्रति नरम र अर्को प्रति कडा रुपमा प्रस्तुत भएको आभास पनि भयो । अयोध्यामा राममन्दिर बनाउनु पर्ने माग गर्दै लाखौको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आजको दिनसम्म पनि आफ्नो प्रदर्शन गरिरहेकै छन ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अगष्ट ५ मा राम मन्दिरको शिलान्यास गर्दै गर्द ठुलो सुरक्षा रणनीति अपनाएको छ । तथापि भारतीय बौद्ध धर्मावलम्बीहरूले अयोध्यालाइ साकेत घोषणा गर्न माग गर्दै आन्दोलन गरिरहेका छन, र बिश्वभरका बौद्ध धर्मावलम्बीहरूले ऐक्यबद्धता पनि जनाएका छन । भारतका बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि नभएको, अयोध्या प्राचीन बौद्धनगर साकेत भएको दाबी गर्दै हाल प्राप्त भएको प्राचीन पुरातात्विक बौद्ध सामग्री युनेस्कोको संलग्नतामा सार्वजनिक गर्न र संग्रहालय निर्माण गरि राष्ट्रिय स्मारक घोषणा गर्न माग गर्दे आन्दोलन गरिरहेका छन् ।