• २०८१ जेष्ठ ३१ गते बिहिवार

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाए ६० हजारभन्दा धेरैले काम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २१ , काठमाडौँ । गएको आर्थिक वर्ष २०७६\ ७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार ६ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय स्तरमा छनोट भएका योजनामा बेरोजगारको सूचीमा सूचीकृतहरुले यो रोजगारी प्राप्त गरेका हुन्मन्त्रालयले गएको आर्थिक वर्षमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको पनि जनाएको छ । विभिन्न ११ वटा आयोजनाहरुका लागि ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन अर्ब ८ करोड ३९ लाख रुपैयाँ चालुतर्फ र पूँजीगतर्फ ५ करोड ८१ लाख खर्च गरेर समग्रमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जम्मा ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ भने मन्त्रालयको बेरुजु फछ्यौंट पनि ५५।५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस