• २०८२ बैशाख ६ गते शनिवार

प्रधानमन्त्री विकास प्याकेजले जम्मु काश्‍मीरका स्याउ किसानलाई निकै फाइदाजनक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,एजेन्सी। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीरका लागि सन् २०१५ मा घोषणा गरेको प्रधानमन्त्री विकास प्याकेजले जम्मु काश्मीरको अनन्तनागका स्याउ उत्पादक किसानहरुका लागि निकै लाभदायक बनेको छ । अनन्तनाग जिल्लामा हर्टिकल्चर विभाग स्थापना गरी स्याउ बगैंचाहरुको व्यवस्थापन गरिएको छ । हर्टिकल्चर विभागले स्याउ उत्पादक किसानहरुलाई सहयोग गर्दै आएको छ ।

प्रधानमन्त्री विकास प्याकेजअन्तर्गत स्थापना भएको यस विभागले स्याउ उत्पादकहरुलाई बिरुवा उपलब्ध गराउने, स्याउ टिप्नका लागि जाल उपलब्ध गराउने, अनुदान दिनेलगायतका कार्यक्रमहरु अघि बढाएको छ । उच्च हिमालील क्षेत्रमा हुर्किने स्याउका बोटहरु राम्रो प्रतिफल दिन थालेको बताइएको छ । उक्त बिरुवाहरु हर्टिकल्चर विभागले उपलब्ध गराउँदै आएको छ । सरकारले स्याउ उत्पादक किसानहरुलाई प्रोत्साहनसमेत गर्दै आएको छ

उनीहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने, स्याउको बजार प्रबर्द्ध गर्नेलगायतका कामहरु सरकारले गरिरहेको छ । त्यसैगरी हर्टिकल्चर विभागले प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ । जसका कारण त्यहाँका सर्वसाधारणको आयआर्जन वृद्धि हुनुका साथै जनजीवनमा निकै परिवर्तन आएको छ । किसानहरुले पछिल्लो समय स्याउ खेतीबाट आफ्नो आम्दानीमा ९० प्रतिशले वृद्धि भएकोसमेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस