साउन २१,एजेन्सी। सरकारले श्रीनगरका सर्वसाधारणको दैनिकी सहज बनाउन सन् २०१३ देखि २०१९ मा विभिन्न विकास निर्माणका संरचनाहरु सम्पन्न गरिएका छन् । जेहानजिर चोकदेखि रामबाग सहरसम्मका दुई(ट्युफ फ्लाई ओभर बन्द स्थानीयले भोग्दै आएको सास्ती दूर भएको छ । सन् २०१३ मा तीन सय करोडमा सुरु भएको फ्लाईओभर परियोजनाले मानिसहरुले भोग्दै आएको ट्राफिकको सकस अहिले सहज बनेको छ । उक्त परियोजनाअन्तर्गत चार लेनको २।४० किलोमिटरको फ्लाइओभर बनेको हो ।
उक्त परियोजनाले श्रीनगरका करिब चार लाख स्थानीयहर लाभान्वित भएका छन् । उक्त परियोजना सन् २०१९ को अगस्तमा सम्पन्न भएको हो । त्यसैगरी जेलुम रिभरफ्रन्टको काम सन् २०१५ मा सुरु भउको थियो । ३५८ करोड लागतको उक्त परियोजनाले स्थानीयले भोग्दै आएको बाढीको समस्याबाट मुक्ति पाएका छन् । यससँगै सहरी जनसंख्यालाई मध्यनजर गर्दै ७५।६४ करोडमा श्रीनगरका विभिन्न ठाउँमा ढल निर्माण गरिएका छन् । उक्त परियोजनाले लाल चोकदेखि इन्द्र नगरसम्मका करिब २१ हजार परिवारलाई राहत पुर्याएको छ ।
यसैगरी खेल क्षेत्रमा पनि व्यापक सुधार भएको छ । १० करोडको लागतमा विभिन्न सातवटा परियोजनाहरु सुरु गरिएका छन् । उच्च शिक्षा अध्ययनका लागि १९ वटा परियोजनाहरु सञ्चालन गरिएका छन् । ६६।५२ करोडमा विभिन्न डिग्री कलेजहरुको पुनर्निर्णमा र नवनिर्माणको काम सुरु भएको छ भने कतिपय स्थानहरुमा काम सम्पन्नसमेत भइसकेको छ । कनेक्टिभिटी कार्यक्रम अन्तर्गत इन्टरनेट नेटवर्कदेखि सडक नेटवर्कसम्म सुधार गरिएको छ । १४८ करोडभन्दा बढी लागतमा शुद्धा खानेपानी परियोजनासमेत सम्पन्न भएको छ । जलविद्युत परियोजनाहरु, ग्यास टरबाइन, विद्युत आपूर्तीलगायतका कुराहरुमा पनि व्यापक सुधार गरिएको छ ।