• २०८१ जेष्ठ ३० गते बुधवार

जम्मुकश्मीरमा तरकारी खेतीलाई बढावा दिन नयाँ हाईटेक पोली हाउसहरू निर्माण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,एजेन्सी। जम्मु काश्मीरमा तरकारी खेतीलाई बढावा दिनका लागि नयाँ हाई(टेक पोली हाउसहरु निर्माण गरिएका छन् । राष्ट्रिय कृषि विकास योजनाअन्तर्गत १० लाख रुपैयाँमा उक्त पोली हाउसहरु निर्माण गरिएका हुन् । केन्द्र सरकारको लगानी रहेको उक्त नयाँ योजनामा बनाइएका उक्त पोली हाउसहरु आद्रता कायम भइराख्ने, फगर प्रणाली, तापक्रम नियन्त्रण र चिसो मौसममा समेत आवश्यक तापमान रहिरहने जनाइएको छ ।

किचन गार्डेन स्किमका कृषि सहयोगी जाहूर अहमदले पहिले १२ देखि १४ वर्गफिटमा बनाइएका पोली हाउसहरु अहिले दुई हजार वर्गफिटमा विस्तार गरिएका छन् । नयाँ हाई(टेक पोली हाउस करिब २००० वर्ग फिटका छन् । त्यहाँ अत्याधुनिक कृषि उपकरणहरु जडान गरिएका छन् । यो प्रणालीले हामीलाई उच्चतम गुणस्तरसहितको उत्पादन दिन्छन् । हामीले यसमा अफसिजनमा समेत तरकारी उत्पादन गर्नसक्छौं, उनले भने ।

उक्त पोली हाउसमा काम गर्ने कृषक गुलाम दिनले नयाँ प्रणालीले जम्मु काश्मीरका जनतालाई निकै लाभा दिने बताएका छन् । काश्मी उपत्यकामा ठूलो संख्याका जनताहरु तरकारी खेतीमा निर्भर रहेका छन् । पहिलेका पोली हाउसहरु पुराना थिए भने काम नलाग्ने भइसकेका थिए । तरकारी उत्पादनका लागि आठ महिना लाग्थ्यो । तर, अहिले दुई महिनामा नै तरकारी उत्पादन भइसक्छन्, उनले भने ।

प्रतिक्रिया दिनुहोस