• २०८१ असार ९ गते शनिवार

ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,चितवन। चितवनको माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी ६ वर्षीया छोरी खुसुबु रहेकी छन् ।

ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस