साउन २१, एजेन्सी। बिस्फोट लेबनानको राजधानी बेरुतमा भएको हो । झण्डै ७ बर्ष अघि बेरुत शहरको तटीय क्षेत्रमा राखिएको बिस्फोटक पदार्थ पड्किएको लेबनानको सरकारी समाचार माध्यमहरुले जनाएका छन् । लेबनानमा २७ सय ५० टनको एमोनियम नाइट्रेड बिस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ भने ४ हजार बढी घाइते भएका छन् ।
बिस्फोट भएको पदार्थ २७ सय ५० टन एमोनियम नाइट्रेडको थियो । यो सरकारी पक्षबाटै स्वीकार भएको छ । यो असुरक्षित तवरले स्टोर गरिएको कारण बिस्फोट भएकोले ठूलो मानवीय क्षति भएको लेबनानका राष्ट्रपति राष्ट्रपति मिशेल एउनले बताएका छण । उणले ट्वीट गर्दै भनेका छन, ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’ भिडियोमा बिस्फोटपछि धुवाँको ठूलो मुस्लो उड्दै गरेको र आगो दन्किरहेको देखिन्छ ।
बिस्फोटनको घटना प्रति अनुशन्धान थालिएको छ । के कति कारणले बिस्फोट भएको भन्नेबारे खुलेको छैन । घाईतेहरुको संख्या धेरै भएकाले अस्पताल भरिभराउ छन् । बिस्फोटका कारण सयौँ घरहरु ध्वस्त भएका छन् ।