• २०८१ माघ ९ गते बुधवार

झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

२०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला अदालत झापामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस