• २०८१ जेष्ठ १० गते बिहिवार

सोरु गाउपालिकामा १ करोड भन्दा बढि रकम हिनामिना गरेको खुलासा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार २१ मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने  सोरु गाउँपालिकामा नागरिकका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै गाउँपालिकाका प्रमुखबाटै जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरिएको छ । गाउँपालिकाको राहत कोषमा छुट्याएको १ करोड १९ लाख रकम कुनै काम नभएर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढा र लेखापाल जिरबहादुर बुढाको मिलेपत्तोमा रकम निकालि सकेको देखिएकाले आईतवार जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरिएको सोरु गाउँपालिकाका अध्यक्ष लाकबहादुर शाहीले जानकारी दिए ।

यसरी जनताका नाममा आएको रकम कर्मचारीले अनियमितता गरेको देखिए पछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिए पनि जिल्ला प्रशासन कार्यालयद्धारा वेवास्ता गर्न थालिएको गाउँपालिकाका अध्यक्ष शाहीको भनाई छ । प्रशासन कार्यालयमा आर्थिक अनियमितता सम्बन्धि मुद्दा पेश गरे पनि त्यसको वेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौंला मुद्दाको वेवास्ता गर्दै मुगुम गाउँपालिका वडा नम्बर ९ मा पर्ने छाईल गाउँको भ्रमणमा गएका छन ।

कार्यालयमा आर्थिक अनियमिता सम्बन्धि नयाँ मुद्दा आएको भन्ने हल्ला आए पनि आफुलाई कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी केशव शवालीले बताए । यसरी जनताका नाममा आएको रकम कार्यकारी र लेखापालद्धारा सोझै खर्च गरिएकाले स्थानीयवासीहरुसंगको छलफल पछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिनु पर्ने अवस्था आएको सोरुका मानव अधिकारकर्मि गंगराज शाहीले बताए । आफुहरु गाउँपालिकाको विकासका लागि लागि परेको तर जनप्रतिनीधीहरु यसमा असमर्थ जनाउने भएकाले विकाससंग सम्बन्धित सबै विषयमा एकजुट हुन नसकेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढाले बताए ।

अर्को आर्थिक वर्षको लागि सबै जना लागि पर्नु भए पनि विवाद र आरोपमा लाग्ने काम भएको बुढाको भनाई छ । जन प्रतिनीधी यस्तो कार्यमा लागे पनि आफुहरु विकासका लागि प्रष्ट कार्यमा लागेको बुढाको भनाई छ । आर्थिक वर्ष सकिन थाले पनि गाउँपालिकाले आउने आर्थिक वर्षको लागि योजना तर्जुमा गर्न सकेको छैन ।

हेर्नुहोस कार्यकारी बुढाले गरेका बिल चेकहरु तस्विरमा

 

प्रतिक्रिया दिनुहोस