• २०८२ बैशाख १७ गते बुधवार

बाँके प्रहरीले अनुसन्धान गर्न थालेपछी बाणिज्य बैंकका ५ जना कर्मचारी फरार

महेन्द्र सिं पढ्न लाग्ने समय : १ मिनेट

असार २१, बाँके । बाँकेमा नक्क्ली कागजात र सरकारी छाप किर्ते गरेर सुनचाँदी व्यवसायीले एक करोड २५ लाख ऋण लिएको घटनामा बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका कर्मचारीसहित आठ जनालाई प्रतिवादी बनाएको छ । प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ ।

जसमा आठ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये तीन जनामात्रै पक्राउ परेका छन् । पाँच जना कर्मचारी फरार रहेका छन् । नक्कली कागजात र सरकारी छाप किर्ते गरेर ऋण लिने सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ, बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही र ऋण सिफारिस समितिका सदस्य कलबहादुर ओली पक्राउ परेका छन् । बैंकका कर्जा समिति, मूल्यांकनकर्ताहरु फरार रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताउनुभयो ।

प्रहरीले अहिलेसम्म सरकारी छाप किर्तेको मात्रै अनुसन्धान गरेको छ । बैंकिङ कसुरको अनुसन्धान नै शुरु भएको छैन । बैंकिङ कसुरसम्बन्धमा बैंकले जाहेरी दिइसकेको छैन । बैंकले आन्तरिक रुपमा छानबिन गरिरहेको बुझिएको छ । सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख लिएका थिए ।

प्रतिक्रिया दिनुहोस