• २०८१ चैत्र ३ गते सोमवार

बाँके सशस्त्र प्रहरीले भारतबाट अबैध सुर्तिजन्य पदार्थ पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार२१,बाँके । बिओपी कालाबजारबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ बाट करिब २ लाख बराबरको पान र सुपर पावर सुर्ती बरामद गरेको छ ।लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ती शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।

करिब २० हजारको पान र १ ब्ब्बलाख ६२ हजार ५ सयको सुपर पावर सुर्ती गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । बरामद गरिएको पान नष्ट गरिएको छ । सुर्तीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस