• २०८१ जेष्ठ ५ गते शनिवार

उपत्यकामा ३० जना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकाका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् । यस्तै शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस