• २०८१ माघ २६ गते शनिवार

२९४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १५ हजार ७८४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

नियमित प्रेस व्रिफिङमा जानकारी गराए अनुसार विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७र२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२र१२ जना र प्युठानका ११ जना छन् । डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७र७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४र४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २र२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एकरएक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस