असार २१, काठमाडौं । केही दिन अघि मात्र प्रधानमन्त्री के पि शर्मा ओलीले नक्साकै कारण सरकारबाट हटाउन खोजिँदै छ भनेर दिनुभएको अभिब्यक्ति अहिले सायद सत्य साबित हुदैछ । प्रायः देशहरुमा प्रतिपक्षहरु सरकारको काम कारबाहीबाट रुष्ट भई सरकार गिराउने खेलमा लागेका हुन्छन तर ठीक यसको बिपरित नेपालमा भने बिना कारण सत्तालिप्सा र भारतीयहरुको गोटी बनी सत्तारुढ दल नै कोरोनाको महामारीमा जनताको दैनन्दिनितिर ध्यान नदिई सरकार गिराउने खेलमा लागिपरेको छ ।
हुन त यो नेपालको इतिहासमा नौलो कुरा होइन तैपनि गणतन्त्र पस्चात नेपालको राजनीतिक माहोल स्थिरतातिर अबस्य जानेछ र अब आर्थिक सामाजिक क्रान्ती नै मूलरुलमा अगाडि बढ्नेछ भन्ने नेपाली जनताको इच्छा र आकांक्षामा फेरि पनि तुषारापात छाएको छ । घरमा आगो सल्काएर छिमेकीले देख्ने भए भनी पच्छ्यौराले छोपेर के को छोपिन्छ र । यसरी बिदेसी चलखेलमा उनीहरुकै गुलामी बनी कम्युनिस्ट पार्टीजस्तो जनताको पिर मर्काहरु नजिकबाट बुझ्ने पार्टीमा घर आगो लगाएर खरानी बेच्ने प्रबृती देखिनु यो कत्तिको औचित्यहीन छ त्यो त जनताले मूल्यांकन गर्ने नै छन ।
तर रह्यो कुरा भारतीय गुपतचर टोलीको, लिम्पिुयाधुरा, लिपुलेख सामेल गरि नक्सा जारी गरेपछि रुष्ट बनेको भारतले नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार गिराउनका लागि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) का अधिकारी परिचालन गरेको छ भन्ने बुझिएको छ ।
नेपाल मामिला हेर्ने प्रमुखदेखि विविध अधिकारी सहितको टोली काठमाडौं उपत्यकाका विभिन्न होटलमा बसेर सरकार गिराउन सक्रिय भूमिका खेली रहेको खुल्न आएको छ। तीन दिन अघि आएको उक्त टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग सोल्टी होटलमा सामूहिक छलफल गरेको भन्ने बुझिएको र त्यसैगरी नेपाली कांग्रेसका नेताद्धय विमलेन्द्र निधी र कृष्णप्रसाद सिटौलासँग पनि सो टोलीले बेग्लाबेग्लै भेट गरेको बुझिएको छ ।
नेपालमा राजनीतिक अस्थिरता बढ्नु अघि र बढेपछि भारतीय सुरक्षा निकायहरु सक्रिय हुने गरेका छन् । केही समय यता भारतीयहरुले आफ्ना सरकार विरोधी मोर्चा काठमाडौंमा सिर्जना गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सरकार गिराउन चलखेल गरेको भनेर खुलेरै बताएका थिए र कुर्चीबिना मृत्युको रछानमा अल्पिएर बस्ने बानी लागेका केही कम्युनिस्ट नेताहरु भने बिदेसीको गोटी बनी बर्तमान सत्तालिप्साको दर्दनाक पीडाले उनीहरुलाई पिरोलीरहेको छ । बिज्ञहरु भन्छन , केपि ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने मूल कारण नै छैन , केवल यो उनीहरुकै समकक्षी नेताहरुको अतीतको इगो नै प्रमूख कारण हो १ यता केही दिनदेखि जनताको आवाज छ ”सत्ता स्वार्थ र कुर्चीको लोभ भयो भन्दैमा देसलाई अनिर्णयको बन्दी बनाउन पाइदैन, लेन्डुपे भारतीय दलाल नेता अब नेपाली जनतालाई चाहिदैन” भन्दै नाराबाजी गर्न थालेका छन र अबका दिनमा जनताले रास्टृयता र नेपाली जनताको जीविकाबारे ध्यानदिने नेता नै मनपराउने हुनाले सायद बिरोध त गर्नु तर जानी जानी औचित्यहीन बिरोधको के अर्थ ?
कोरोनाको कहरले सन्त्रास फैलिरहेको बेला आफ्नै पार्टीले सत्ता गिराउने खेलमा लागि रहनुभन्दा आम कार्यकर्ता पूर्ब मेचिदेखि पश्चिम महाकालीसम्म कोरोना नियन्त्रणदेखि जनताको दैनन्दिनी बुझ्दै समस्याको पहिचान र समाधान निकाल्ने बाटोतिर परिचालन गर्दा हितकर हुन्थ्यो कि ?