• २०८१ जेष्ठ ११ गते शुक्रवार

सुनितामी परियारको तिज बिशेष गित “कहाँ बसायो बाबरी”को म्युजिक भिडियो सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । गायिका सुनितामी परियारको तिज बिशेष गित “कहाँ बसायो बाबरी”को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान चाड हरितालीका तिजको कोसेली “कहाँ बसायो बाबरी” सुनितामीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

“कहाँ बसायो बाबरी” मौलिकता बोकेको, नेपाली संस्कृति झल्काउँने रहेको सुनितामीको भनाई छ । गीतमा चर्चित गायक खुमन अधिकारी र सुनितामी परियारको आवाज रहेको छ। गीतको म्युजिक भिडियोमा मोडल गम्भीर थापा र स्वयं सुनीतामीको अभिनय रहेको छ। यस गीतमा रबिन लामिछानेको शब्द रहेको छ भने संकलन बिष्णु माया परियार र एरेन्ज सुदिप सागरले गरेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ कुर बेहोरेमा जन्मिएकी गायिका सुनीतामी परियारले पछिल्लो समय दर्शक श्रोताहरुले अत्यन्तै रुचाइएका दर्जन भन्दा धेरै गीतिहरु सार्वजनिक गरिसकेकी छिन ।
भिडियो

प्रतिक्रिया दिनुहोस