• २०८२ जेष्ठ ३ गते शुक्रवार

४ वर्षीय बालिका बलात्कार आरोपित पक्राउ

उमेश बि.क पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, नवलपरासी । नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका जबर्जस्तीकरणी गरेको आरोपित पक्राउ परेका छन। नवलपरासीको सरावल गाउँपालिका वडा नं.४ ललितपुर बस्ने २६ बर्षिय राजकुमार सहानिलाई प्रहरीले बिहीबार राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो।

आरोपित सहानी सरावल गाउँपालिका वडा नं. ४ मङ्लापुर बस्ने ४ बर्षिय बालिकालाई १८ गते आइतवार बालिकाको आमा नुहाइरहेको समयमा करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेको बेला मिठाईको प्रलोभन देखाएर सहानीले जबर्जस्तिकरणी गरेको बालिकाको घरपरिवारले आरोप लगाएका थिए । करणी गर्दा बालिका रुन थालेपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो।

बालिकाको घरपरिवारले सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन। जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरि रहेको थियो। प्रहरीले बिशेष सुराकीको आधारमा आरोपित सहानिलाइ पक्राउ गर्न सफल भएको गोबरहिया प्रहरीचौकी इन्चार्ज तिलक रमायझिले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस