• २०८० असोज १७ गते बुधवार

भोलि देखि कुनै पनि पसल नखोल्न बबई गाउपालिकाले अनुरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, दाङ । भोलि देखि कुनै पनि पसल नखोल्न बबई गाउपालिकाले अनुरोध गरेको छ । भोलि देखि विहान दिउसो बेलुका कुनै पनि समयमा पसल नखोल्न बबई गाउपालिकाले अनुरोध गरेको हो ।

आज सम्म खाद्यान्नका पसल सञ्चालन भएपनि भोलि देखि खाद्यान्नका पसल नखोल्न गाउपालिकाले विज्ञप्ति मार्फत अनुरोध गरेको गरेको छ । साथै अटेरि गरि पसल खोले कानुन बमोजिम कार्वाही हुने बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले बताउनु भयो । साथै प्रशासनबाट पास प्राप्त सवारी साधन पनि नचलाउन तथा घरवाहिर कोहि पनि ननिस्किन गाउपालिकाले अनुरोध गरेको छ । पुनः अर्को सुचना नआउदा सम्म पुर्ण रुपमा पसलहरु तथा पास प्रप्त सवारी सधान बन्द गरि सहयोग गर्न गाउपालिकाले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस