बैशाख २३, बाँके । नेपालगन्जको त्रिवेणी मोड नजिक स्थानीय र प्रहरीबीच झडप भएको छ । लकडाउनका बीच लागेको भीड हटाउन खोज्दा प्रहरी र स्थानीयबीच विवाद बढेपछि उत्पन्न परिस्थितीका कारण प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा वडा प्रहरी कार्यालय नेपालगन्जको बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड भएकाे छ । गाडीको सीसा, झ्याल माइकिङ्ग लगायतमा क्षति पुगेकोछ । आक्रोसित स्थानीयलाई साम्य गराँउदा उनीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरि भीड नियन्त्रणमा लिएको थियो ।
बाँकेमा यतिबेला बन्दोबस्तका साथ ठूलो मात्रामा प्रहरी परिचालन गरिएकोछ । झडपमा प्रहरी घाईते भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बस्नेतले जानकारी दिएका छन । जिल्ला प्रशासन बाँकेले नेपालगन्जमा निशेधाज्ञा लागु गरेकै दिन स्थानीयले निशेधाज्ञा उल्लंङघन गर्दै आन्दोलनमा उत्रिएका हुन् । मंगलबार मात्रै नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ पाइएकोछ । यो सगै नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेकोछ।