• २०८२ जेष्ठ ४ गते शनिवार

अबैध कराेडाैं भारतिय रूपैंया सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा भारु एक करोड नौ लाख ७९ हजार ५३० भारतीय रकम बरामद भएको छ । मोरङका प्रहरीले डब्ल्युबी ७३ ई ७६७७ नंको ट्रकलाई खानतलासीका उक्त रकम सहित दुईजनालाई पक्राउ गरेको हो ।

भारतको सुपौलबाट आएको खाली ट्रक जाँच गर्ने क्रममा सशत्र प्रहरीले सो रकम बरामद गरेको हो । ट्रक विराटनगरबाट डाइपर लिएर काकडभिट्टा नाकाबाट फर्कने योजनामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकका चालक रवीकुुमार शर्मा र सहचालक पप्पुुकुुमारलाई नियन्त्रणमा लिएको र उहाँहरु दुवै जना भारतीय नागरिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस