बैशाख २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटवार्तामा सचिवालय, स्थायी कमिटीमा पेस गरिने प्रस्ताव, प्रतिवेदनका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच सोमबार पनि भेट भएको थियो । मध्याह्न १२ बजेदेखि २ बजेसम्म चलेको छलफलमा मंसिर ४ गतेको सहमतिलाई थप व्याख्या गरेर स्थायी कमिटीबाट पास गराउने तयारी रहेको बुझिएको छ ।