लौन के यस्तो विपति आइलाग्यो
संसार नै सवै कालो बादलले ढाक्यो।
कति आमाको काख रितियो
कति बाल बच्चा टुहुरा भए।।
छैन कसैमा शान्ति यहाँ
एक माथिअर्को कहेर छाएको छ।
मुस्कुराउदै उदाउने सुर्य आज
मलिनो अनुहारले रोएको छ।।
न कतै जान हुने न कसैलाई भेट्न हुने
आफन्तको यादले मुटु चुडिदिने।
रुन्छिन् आमा त्यो परदेशि छोरो सम्झि
आउन हुन्न भन्छ छोरो छातिमा मुड्किले ठोकि।।
प्रकृतिले नै हिम्मत हारेर आज
रोइरहेछ डाको छोडि।
कसरि बचाउ यो संसार
भन्देउ न हे दुई हात जोडि।।
ठुलो विपति आइलाग्यो
सुनिदेउ हेदैव हरि।
बच्चा बुढो कोहि भनेन
लग्यो यस्ले चटक्कै चुडि।।
आमाको यादमा छोरो रुन्छ
छोरोलाई सम्झि आमा ।
परदेशिएका पियारालाई सम्झिएर
रुन्छिन् घरकि ति माया ।।
सुरक्षित हुनु स्वश्थ हुनु आफुनि बाच्नु अरुलाई नि बचाउनु।
कोरोनाको यो केहेरमा सबैले एक अर्काको साथ निभाउनु ।।
नलिनु इख केहि नगर्नु कसैको रिस।
बाचियो भने देखिन्छ यो संसार सुन्दर शान्त बिशाल।
धन्यबाद