• २०८० फाल्गुन १० गते बिहिवार

लायन्स क्लबले बिजी मलमा रक्तदान कार्यक्रम गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाडौं । कोरोना भाइरसको प्रकोपको समयमा ब्लड बैकमा रगतको अभाब र्भरहेको समयमा लायन्स क्लबले आज बिजीमलमा रक्तदान कार्यक्रम गर्ने भएकाे छ । रिजन चेयर पर्सन एम जे एफ लायन रामहरि सिलवाल र लायन मन्दिरा खनाल पौडेल, जोन चेयर पर्सन लायन सन्तोश उदय तथा लायन शुश्मा कोइराला को संयुक्त संयाेजनमा खुल्ला रक्तदान को कार्यक्रम आयोजना गर्न लागिएको हो ।

रक्तदान आयोजक क्लबहरुमा लायन्स क्लब अफ काठमाडौं मेट्रो सिटी, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर पाच्माने, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर बालाजु, लायन्स क्लब अफ काठमाडौं सगुन, लायन्स क्लब अफ काठमाडौं रोज, लायन्स क्लब अफ काठमाडौं बाइसधारा, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर गोलढुङ्गा, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर कोप्स, लायन्स क्लब अफ काठमाडौं साझा फुलबारी, लायन्स क्लब अफ काठमाडौं गृह लक्ष्मी, लायन्स क्लब अफ काठमाडौं आगमन, लायन्स क्लब अफ काठमाडौं सौभाग्य, लायन्स क्लब अफ काठमाडौं अनमोल रहेका छन ।

कार्यक्रम बिजी मल गोङ्गबुमा दिउँसो ११ बजे देखि १ बजे सम्म चल्ने पनि आयोजकले जानकारी दिएको छ । आयोजकले सामाजिक दुरी कायम गरी आफ्नो सुरक्षाको लागी गोल्ब्स ,मास्क र सेनिटाइजर आफै ब्यबस्था गर्नु पर्ने पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस