• २०८१ माघ ९ गते बुधवार

अबैध काठ सहित आईचर नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २३, नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं.०१ उपल्लो छापमा अबैध काठ सहित एक आईचरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर गाउँपालिका वडा नं.०१ उपल्लो छाप स्थित चक्र बहादुर तामाङको फर्निचरमा आईचर गाडीबाट बिना टाँचाको अबैध सालको गोलिया नियन्त्रणमा लिईएको हो ।

बिना टाँचाको अबैध सालको गोलिया खसाली रहेको छ भन्ने बिशेष सुचनाको आधारमा डिभिजन बन कार्यालय नुवाकोटको प्रतिनिधी र प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत सहितको टोलीले उक्त फर्निचरमा खानतलासी गर्ने क्रममा बिना टाँचाको अबैध सालको गोलिया २९ थान सहित बा.४.ख ३४७ नं.को आईचर फेला पारेकोमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याईएको र आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय नुवाकोटलाई बुझाईएको छ ।


साथै उक्त गाडिको चालक निर्मल तामाङ हाल फरार रहेकोमा चालकको खोजतलास कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस