• २०८१ साउन ८ गते मङ्गलवार

कोरोना विशेष : खतरासगै, सन्कल्प मानविय एकताको

खिम राज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

हालसम्म विस्वमा सन्क्रमित मानिसहरु १२०३१४० जना, मृत्यु हुनेको सख्या ६४७४४, सन्चो भइ घर फर्केका २४६७६०, यसमा सिरियस अबस्थाका ४४०९५ जना छन भने सबभन्दा बढि सन्क्रमित अमेरिकामा ३११६३७ जना, सबभन्दा बढि मृत्यु हुनेको सख्या इटालिमा १५३६२ जना छन ।

अमेरिका र युरोपियन मुलुकहरुको तुलनामा एशिया र अफ्रिकन रास्ट्रहरुमा सन्क्रमितको सख्या धेरै कम छ , त्यस्तै दक्षिण एसियाको आकडा हेर्ने हो भने अहिले सम्म बढी सक्रमित भारतमा देखिएका छन, सार्क रास्ट्रमा जम्मा मृत्यु सख्या हाल सम्म १६० पुगेको छ , यसरी भारतमा जम्मा सक्रमितको सख्या ३५८८ र मृत्यु हुनेको सख्या ९९ पुगेको छ । त्यस्तै पाकिस्तानमा सक्रमितको सख्या २८१८ पुगेको छ र मृत्यु सख्या ४१ पुगेको छ , यसरी मृत्यु सख्या बङलादेसमा ८, अफगानिस्तानमा ७, श्रीलन्कामा ५ पुगेको छ भने नेपालमा सक्रमित सख्या ९ र मृत्यु सख्या सुन्य, त्यस्तै भुटान र माल्दिभ्समा पनि मृत्यु सख्या शून्य छ ।

यसरी दैनिकजसो कोरोना भाइरसकको सक्रमित सख्या र मृत्युदर बढिरहेको अबस्थामा नेपाल सरकारले पनि यसको रोकथाम र नागरिकको सुरक्षा खातिर आफ्नो प्रयास जारी राखेको छ । सरकार लगायत विभिन्न सघ सस्था र ब्यक्तिहरुबाट राहत र मानविय सहयोगको काम भइराखेको छ । स्वास्थ्यसग सम्बन्धित ब्यक्तिहरुको योगदानलाइ पनि बिर्सिनु हुदैन । जसरी पहिलो र दोश्रो विश्व युद्दमा ब्यापक धनजनको क्षति हुदाँ कयौ सैनिक जवानहरुले आफ्नो प्राणको आहुती दिएका थिए त्यसरी नै अहिले यो भाइरसको मानबप्रतिको आक्रमणले पनि स्वास्थ्यकर्मीलाई त्यतिकै चुनौती छ र हामी विस्वका सम्पुर्ण मानवको अगाडि चुनौतिका पहाडहरु तेर्सिएका छन, अब मानविय जिउने शैली र आचरणमा पनि ब्यापक परिवर्तन गर्नुपर्ने देखिन्छ ।

यसले सम्पुर्ण मानबलाइ दुःख त दिइराखेको छ नै तैपनि मानवताको नाता र सम्बन्ध कति गाढा हुदोरहेछ । एक आपसमा झगडा गर्नु हुदोरहेनछ, धन सम्पती भनेको हातको मैला हो, हिन्दुहरुको पुरानो सस्कार र सस्कृत भाषामा लेखिएका भविस्यबाणी र हाम्रा धार्मिक ग्रन्थहरु बेद, भागवत गीता, महाभारत, रामायण, कृष्ण चरित्र, बिदुर नीति, ब्यासरचित बेदान्तका पुस्तकहरुमा कलि युगको अन्त्य हुदा पृथ्बीमा हुने केही क्षतिका बारेमा उल्लेखित भविश्यबाणिहरु आज उत्तिकै यथार्थमा परिणत हुदैछन ।

त्यसैले आजको दिनमा सरकार परिवर्तन गर्नुपर्छ भन्ने विद्धवानहरुको बिद्दताको पनि काम छैन न त सरकारको काममा साख्य बनि जुन पार्टी आएपनि सधै पद र पावरको वरिपरि बस्ने दलाल झुन्डहरुको काम छ । यहाँ त अब यो सन्कटको घडिमा एकले अर्कालाइ दोषारोपण गर्ने भन्दा नि सबै मिलेर यस रोगको बिरुद्दमा प्रतिकार गरियो भने युद्द पछिका दिनमा सबैको हिसाब किताब हुन्छ नै । तसर्थ आजको दिनमा सबैजना एकापसमा मिलेर अगाडि बढौ । सरकार र स्वास्थ्यकर्मिले आम नागरिकप्रती देखाएको सजगताप्रती ध्यान दिई सरकारी नीति निर्देशनको पालना गरौ , आफू पनि बचौ, अरुलाइ पनि बचाऔं । सरकारले पनि सबभन्दा पहिला सुदुरपस्चिमको बोर्डरमा जम्मा भएका ती सर्बसाधारण मानिसको भिडलाइ बुझी तिनिहरुको उद्दार गरि सम्भावित खतराबारे अध्ययन गर्नुपर्ने र नेपाल भन्दा बाहिर विभिन्न मुलुकमा बसेका नेपालीहरुको अबस्थाबारे पनि गम्भिर रुपमा नेपाल सरकारले चासो लिनुपर्ने र सम्बन्धित देसका सरकार र सरोकारवाला ब्यक्तिहरुसग समन्वय राख्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस