• २०८१ पुष २९ गते सोमवार

घोडाघोडी बिकासको लागी तिनै तहका सरकारको समन्वय आवश्यक छ : सांसद सोडारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २२, कैलाली । घोडाघोडी बिकासको लागी तिनै तहका सरकारको समन्वय आवश्यक रहेको सुदुर पश्चिम प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री तथा सांसद दिर्घ सोडारी बताउनुभएको छ । बिहीबार कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको बिराट सनातन संस्कृती संरक्ष्ँण सम्बद्र्धन प्रतिष्ठानको १४ औ साधारण सभालाई सम्बोद्धन गर्देै सो कुरा बताउनु भएको हो ।

अहिले धर्मका नाममा भएका बिकृती हरु छाउपडी , छुवाछुत ,हत्याहिंसा, बोक्सी लगायत कुसंस्कार बढदै गएको प्रति चिन्ता व्यक्त गर्नु भयो । घोडाघोडी क्ष्ँेत्र देशकै एक बिश्व सिमसार सुचीमा सुचिकृत पर्यटकीय धार्मिक क्ष्ँेत्र भएकाले यसको बिकास हुन आवश्यक रहेको बताएका छन् । उहाले भन्नुभयो ,घोडाघोडी क्षेत्र केन्द्रीय सरकारको एकल अधिकारभित्र पर्दछ तर यता घोडाघोडी नगरपालिका घोडाघोडी क्षेत्रको बिकासका लागी गुरुयोजना ल्याएको भन्दा अचम्म लाग्यो। केन्द्र सरकारले गराएको गुरु योजना मात्र पुरा हुने बताए । बरु संघीय सरकारलाई दबाव दिर्नुपर्ने बताएका छन । साथै प्रदेश सरकार बाट हुन सक्ने सहयोग गर्ने आफु कहिले पछि नहट्ने बताएका छन् ।

प्रतिष्ठानका अध्यक्ष गोबिन्द राज जोशीको सभापतित्वसंगै सुरु भएको कार्यक्रमको प्रमुख अतिथी सुदुर पश्चिम प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री तथा माननीय सांसद दिर्घ सोडारी रहनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथीमा प्रदेश सांसद अम्मर सांउद, घोडाघोडी नगरपालिका उप्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो । कार्यक्रममा संस्थाको बिकासका लागी अवरोत्र खटिने व्यक्तित्वहरुलाइ सम्मान व्यक्त गरिएको छ ।

संस्थाका उपाध्यक्ष लक्ष्मी न्युरेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संञ्चालन भने संस्थाका प्रधानाध्यपक शंकर संञ्ज्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस