माघ २३, काठमाडौ । चर्चित लोकदोहोरी गायक मौसम गुरुङ र पूर्णकला बिसीको आवाज रहेको गायक मौसम गुरुङको मौलिक कौडा(चुट्का)”ओइ काली”सार्वजनिक भएको छ । मौसम गुरुङ्गको लय तथा चर्चित सर्जक ओम छिनालको शब्द सृजना रहेको गित मौसम गुरुङको युटुब च्यानलबाट सार्वजनिक भएको छ । गायक गुरुङले मौलिक र फरक-फरक शैलीका गित बजारमा ल्याएका छन् । गुरुङका हरेक गित उत्तिकै चर्चित रहेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका गायक गुरुङ पछिल्लो युवा पुस्ताको माग ध्यानमा राखेर यो गित बजारमा ल्याएका हुन् ।
भिडियो निर्देशन रबिन गुरुङको रहेको छ सन्तोषी गुरुङले छायांकन गरेका हुन् भने मेक थापा मगरले भिडियोको सम्पादन गरेका छन् । म्युजिक भिडियोमा मौसम गुरुङ र सुस्मिता आले मगरको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस ;