• २०८० फाल्गुन १० गते बिहिवार

जस्मिन पेन्ट्सद्वारा पत्रकार महासंघ चितवनलाई एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग

पढ्न लाग्ने समय : २ मिनेट
  • अमिर रामदाम

पुष २०, चितवन ।विसं २०५१ साल पुष ६ गते स्थपना भएको जस्मिन पेन्ट्स चितवनले स्थापनाको रजत जयन्तीको अवसरमा पत्रकार महासंघ चितवन शाखालाई एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवन शाखाको १५ लाख बराबरको पत्रकार कल्याणकारी कोषका लागि सो रकम पेन्ट्सका प्रबन्ध निर्देशक लक्ष्मण अर्यालले हस्तान्तरण गरेका हुन् ।

जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक अर्यालले पत्रकार महासंघ चितवनको सभाहलमा आयोजना गरेको एक कार्यक्रमका बीच पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडालाई सो रकम  बराबरको चेक  हस्तान्तरण गरेका हुन् ।

जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक अर्यालले रजत जयन्तीको अवसरमा विभिन्न सामजिक संस्थालाई आर्थिक सहयोग गरेको बताए । उनले महिला बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको आदर्श गृह चितवन , स्पाइनल हस्पिटल चितवन , डा.महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय अनुसन्धान केन्द्र काठमाडौं , मानवसेवा आश्रम काठमाडौं र धुमुर्स सुन्तली फाउनण्डेसनलगायत संस्थालाई आर्थिक सहयोगको घोषणा गरेको जानकारी दिए ।

आदर्श गृह चितवनलाई तीन लाख ११ हजार १११, स्पाइनल हस्पिटल चितवनलाई पाँच लाख रुपैयाँ, डा.महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय अनुसन्धान केन्द्र काठमाडौंलाई दुई लाख ५५ हजार ५५५, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी धुमुर्स सुन्तली फाउनण्डेसनलाई १० लाख रुपैयाँ र मानव सेवा आश्रम काठमाडौँलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ सहयोगको घोषणा गर्ने कार्यक्रम रहेको उनले बताए ।

जस्मिन पेन्ट्सले वार्षिक तीन सय करोड बराबरको कारोबार गर्दै आइ रहेको र ४ सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेको उनले जानकारी दिए ।

जस्मिन पेन्ट्स मनकामना ग्रुप अन्तर्गतको उत्पादन भएको र यसबाट जगदम्बा प्लाष्टिक, सन केमिकल , टाटा केमिकल, टाटा मेटल एण्ड कराप्टस् , एभोकाडो इन्टरनेसनल ,दरबार फ्ड्स लगाएतकम्पनी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस