• २०७९ मङ्सिर १७ गते शनिवार

संविधानमा टेकेर मात्र आफ्नो अभिव्यक्ती दिनुपर्छ : मन्त्रि पठान सिंह बोहोरा

पढ्न लाग्ने समय : २ मिनेट
  • राम बिश्वकर्मा

पौष २०, कैलाली । संविधानमा टेकेर मात्र आफ्नो अभिव्यक्ती दिनुपर्नै सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्रि माननिय पठान सिंह बोहोरा बताउनु भएको छ ।

आज कैलालीको घोडाघोडी नगरपालिका अन्तरर्गत वडा न ४ र वडा न ५ जोड्ने टङग्ना खोला मोटर पुल निर्माण कार्य शिल्यान्यास गर्दै संविधानमा टेकेर मात्र आफ्नो अभिव्यक्ती दिनुपर्ने बताउनुभएको छ । संबिधानका बारेमा धेरै अध्यन गर्नुपर्नै बताउनुभयो । संबिधान देशको मुल कानुन भएकाले राज्यका सम्पुर्ण संमयन्त्र संबिधानले चल्ने बताउनुभयो ।
प्रदेश सरकारमा करिब १ बर्ष सम्म आश्यकता कर्मचारी मन्त्रालय व्यवस्थापन नहुदा चाहेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । हरेक समस्याका बिचमा पनि बिकासले राम्रो गति लिएको बताउनुभयो ।

साथै उहाले सुदुर पश्चिमका थुप्रै खोलानालाहरुमा पुलको आवश्यकता रहेको बताउनुभएको छ । थुप्रै खोलानालामा पुल निर्माणका कामहरु अगाडी बढाईसकेको बताउनुभयो । कैलाली, कन्चनपुर लगायत सुदुर पश्चिमका थुप्रै जिल्लाहरुमा धेरै खोलानालाहरुमा पुलहरु निर्माण भइसकेको र केहि बन्ने प्रक्रियामा रहेको बताउनु भयो ।

प्रदेश सरकार भौतिक पुर्वाधार बिकास कार्यलय बाट बिनियोजित बजेट ४ करोड, ९४ लाख, २५ हजार, १ सय ३३ रुपैया ६९ पैसा बराबर लागतमा निर्माण हुने पुलको लम्बाई ३५ मिटर रहेको छ । १८ महिना भित्र सम्पन्न हुने गरिएको निर्माण व्यवसाय संग पौष २ गते सम्झौता भएको योजना लागत बिवरण प्रस्तुत गरिएको छ ।पुल निर्माण पछि वडा ४ र वडा ५ सम्पुर्ण नागरिक लाभाम्बित हुनेछन ।

वडा न ४ का वडाध्यक्ष्ँ टेक बहादुर बुढा सभापतित्व संगै सुरु भएको कार्यक्रम का प्रमुख अतिथी सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्रि माननिय पठान सिंह बोहोरा रहनुभएको थियो ।

त्यस्तै बिशिष्ट अतिथी प्रदेश सभा सदस्य माननिय अम्मर बहादुर साउद , घोडाघोडी नगरपालिका का नगरप्रमुख ममता प्रसाद चौधरी , उप प्रमुख प्रेम कुमारी थापा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस