• २०८१ फाल्गुन ७ गते बुधवार

नारायण गोपाल बिना नेपाली गीत संगीत अधूरो : राज्यमन्त्री मानन्धर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंंसिर १९, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वर सम्राट नारायण गोपालको योगदान बिना नेपाली संगीत क्षेत्र अधूरै रहने बताउनु भएको छ । नारायण गोपालको ३०औं स्मृति दिवसका अवसरमा बालाजु अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले नेपाली गीत संगीतको क्षेत्रमा नारायण गोपालको योगदान युगौं युगसम्म रहि रहने बताउनु भयो ।
मन्त्री मानन्धरले नेपाली सुगम संगीतको विकासमा नारायण गोपालको योगदानको कसैसँग तुलना हुन नसक्ने बताउनु भयो । सरकारले कला, साहित्य तथा गीतसंगीत र संस्कृतिको संरक्षणका लागि आवश्यक काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले गीतसंगीत क्षेत्रको विकासका लागि आफूले पनि भूमिका खेल्ने बताउनुभयो । आज प्रविधिसँगै साँगीतिक क्षेत्रमा पनि परिवर्तन आएको बताउँदै मन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमममा नारायण गोपालको अन्तिम गीत ‘विरही माया’ का संगीतकार भूपेन्द्र रायमाझीले नेपालको आधुनिक गीतसंगीतमा नारायण गोपालको विकल्प कोही नभएको बताउनु भयो ।
कार्यक्रममा मन्त्री मानन्धर, संगीतकार भुपेन्द्र रायमाझी लगायत कलाकारले स्वर्गीय नारायण गोपालका कालजयी गीत गाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस