• २०८० मङ्सिर १२ गते मङ्गलवार

पार्टीको संकट ‘मध्यरातपछि बिहानी’ प्रारम्भ हुन्छ : उपप्रधानमन्त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौँ । उपप्रधानमन्त्री इश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगी एकता भङ्ग हुने आकलन भई रहेको बेला पोखरेलको आशा देखाउने अभिव्यक्ति दिनुभएको छ ।

नेकपामा उत्पन्न संकटले पार्टीभित्र नयाँ रणनीतिका साथ अगाडी बढ्ने तफ संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाभित्रको अहिलेको स्थितीलाई आम नेपाली जनता तथा नेकपाका कार्यकर्ताले विभिन्न कोणबाट विश्लेषण गरिरहेको प्रति संकेत गर्दै संकटको मध्यरातपछि विहानी प्रारम्भ हुने उल्लेख गर्नुभयो । नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ – संकटको मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ ।

उहाँले पछिल्लो समय नेकपामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्रीरअध्यक्ष केपी शर्मा ओलीले दुई वटा प्रतिवेदन प्रस्तुत गरेपछि उत्पन्न संकट समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई अनेकौं आरोपहरु लगाई उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । जसलाई ओली पक्षले प्रतिवेदन नभई संगिन आरोपपत्रको संज्ञा दिएको छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले समेत प्रतिउत्तर दिइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस