मंसिर १९, काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।