मंसिर १९, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउन नेताहरुको पछिल्ला गतिविधिप्रति आलोचना गर्नुभएको छ ।
अध्यक्ष भट्टराईले पटक पटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुनै पनि धारामा नरहेको भन्दै आलोचना गर्नुभएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नेताहरू लगातार राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ धाउन थालेपछि बिहीबार साँझ ट्विट गर्दै डा भट्टराईले आलोचना गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पटकपटक राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा संविधानमा गरिएको व्यवस्थाभन्दा पनि बाहिर भएको उहाँले बताउनुभएको छ । डा भट्टराईको प्रश्न छ, ‘पटकपटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो ।
उहाँले शक्तिशाली, सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान सकिने नत्र जसले अगुवाई गर्दै आए उनीहरुले नै ती नियमहरु मिच्दै गएको दाबी ग्नर्नुभएको छ । ‘शक्तिशालीरसक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं न त१ नत्र यो जो अगुवा उही बाटो ह।।अति भो१,’ उनको ट्विटमा उल्लेख छ ।
बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई छुट्टाछुट्टै रूपमा भेट्नुभएको थियो । यसअघि पनि पार्टीमा विवाद बढ्दै गएपछि राष्ट्रपतिको सक्रियता बढ्दै जाने गरेको थियो । नेकपाका अध्यक्षद्वयले यसअघि नै पार्टीको विवाद मिलाउन राष्ट्रपतिलाई साक्षी राख्दै आएका छन् ।