मंसिर १९, बर्दिया। मधुवन नगरपालिका–४ मा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाहको मृत्यु भएको छ। चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार आज एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गुलरिया नगरपालिका–४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। दुर्घटनामा गुलरिया–४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।