• २०८० फाल्गुन १० गते बिहिवार

भारतीय सेनाध्यक्ष काठमाडौंमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १९, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौँ आइपुग्नु भएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा मानार्थ महारथी (दर्जा) सम्मान ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नेपाल आउनुभएको हो ।

चार सदस्यीय भ्रमण टोली सहित नेपाल आएका स्थलसेनाध्यक्ष नरवणेलाई सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्थलसेनाध्यक्ष नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ । उहाँले नेपाली सेनाका प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थी सैनिक अधिकृतसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।

भारत स्वतन्त्र भएसँगै सन् १९५० बाट सुरु भएको नेपाली सेना र भारतीय सेनाबीचको ‘मानार्थ महारथी सम्मान’ आदानप्रदान कार्यक्रम करिब ७० वर्ष अघिदेखि निरन्तर चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस