• २०८२ जेष्ठ २ गते बिहिवार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७ जनामा चितवनकी ५५ वर्षीय एक महिला, काठमाडौँका ५५ वर्षीय एक पुरुष, ललितपुरका ७७ वर्षीय एक पुरुष, मकवानपुरकी ५ दिनकी एक बालिका, बाँकेकी २५ वर्षीय एक महिला र ६० वर्षीय एक पुरुष र कञ्चनपुरकी २९ वर्षीय एक महिलाको निधन भएको हो ।

थप २२ सय ५३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस