• २०८० चैत्र १५ गते बिहिवार

उपत्यकामा १५९९ थप जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ गरी १५९९ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २२ सय ५३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ । मन्त्रालयका अनुसार आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६४ हजार ६९ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ३५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस