• २०८१ फाल्गुन ७ गते बुधवार

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १८, चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज १६ गते उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसियूमा भर्ना गरिएको थियो ।

sab

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म चितवनका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस