• २०८० मङ्सिर १२ गते मङ्गलवार

५८ औं रेडक्रस दिवसको अवसरमा विपन्न लाई राहत वितरण

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ १९ , मुगु । नेपाल रेडक्रस सोशाईटिले आज ५८ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा आज कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा पनि ५८ औं रेडक्रसको स्थापना दिवस मनाईएको छ । नेपाल रेडक्रस सोसाईटि स्थापना भएको दिन लाई स्मरण गर्दे प्रत्येक वर्षे भाद्र १९ गते मनाईने यो दिवस यस पटक विश्व रेडक्रस दिवसकै नारा लाई आत्म साथ गर्दे तालि बजाउनु (Keep Clapping) मुल नारा साथ आज नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुमा विपन्न घर परिवार लाई राहत प्रदान गरि एक कार्यक्रमको आयोजना गरि ५८ औ रेडक्रस दिवस मनाएको हो ।

दिवसको अवसरमा कल्चे नेपाली धनरुपा नेपाली लगायतका विपन्न परिवार लाई बाल्टिन , झुल , पानी खाने जग र त्रिपाल प्रदान गरि दिवस मनाएको नेपाल रेडक्रस सोशाईटि शाखा कार्यालय मुगुले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुका मन्त्री रत्न सिहं मल्लका अनुसार दिवसमा राहत वितरण मात्र नभई नेपाल रेडक्रसको आजिवन सदस्यता वितरण गरेको जानकारी गराए । उनका अनुसार दिवसमा ४ जना आजिवन सदस्यता वितरण गरिएको छ । आजिवन सदस्यमा छायानाथ रारा नगरपालिकाका वडा नं १ का विजयकुमार मल्ल , वडा नं १३ का हेमराज ऐडि र सोरु गाउपालिका वडा नं ११ का लोक राज मल्ल लाई दिवसमा आजिवन सदस्या लिएको मन्त्री मल्लले बताए ।

उनले भने हाल विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को अग्रपंक्तिमा रहि सेवारत सबै रेडक्रसकर्मी , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायतका महानुभावहरुले विद्यमान संकटमा प्रर्दशन गरेको सेवाभाव त्याग र समर्पण लाई सम्मान गर्ने हेतुले दिवसको औचित्य रहेको बताए ।

 

दिवसमा बोल्दै केन्द्रिय सदस्य तिलक बहादुर मल्लका अनुसार रेडक्रस एक मनकारी संस्था हो , यसले विभिन्न प्रकारका विपद , बाढि , पहिरो , लगायत अन्य प्रकारका घटनाहरु लाई सामना गर्न ठुलो मद्दत गर्दछ उनले भने मानविय संकटको समयमा अग्रपंतिमा रहि गाउ शहरमा खटिरहेका नेपाल रेडक्रसका स्वयमसेवक तथा कर्मचारीहरुले गरेको कामको उच्च सम्मान स्वरुप तालि बजाई र सम्मानका अन्य उपायहरु अवलम्बन गर्न अहिलेको यो दिवसले सबै रेडक्रसकर्मी अन्य लाई प्रेरणा मिल्ने मल्लले बताए ।

यसै बिच नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुका सभापित जयबहादुर मल्लले आफ्नो जन्म दिनमा दिवसमा आएका विपन्न लाई सहयोग स्वरुप नगद रकम सहयोग गरेका छन् ।

नागरिकहरु आफ्नो जन्मोत्सवमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरुको आयोजना गरि बिना सित्तिमा पैशा खेरा फाल्छन् यसका बाबजुत आफुले थोरै भए पनि विपन्न लाई सहयोग गर्दा केही राहत मिल्ने सभापति मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस