भदौ १९, काठमाडौँ । भौतिक पूवार्धार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।
केहि दिन अघि आएको रिपोर्टमा सचिव कार्कीलाई कोरोना पोजेटिभ देखिएको मन्त्रालय निकट स्रोतले जनाएको छ । उहाँ हाल ह्याम्स अस्पतालमा उपचार गराईरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ ।मन्त्रालयको काममा निरन्तर रुपमा खटिरहनुभएका सचिव कार्कीलाई कोरोना कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको छैन ।