बस बिसौनी पुगेर माइक्रो बस टक्क अडियो१ हतार हतार बसबाट ओर्लेर उनलाइ फोन गरें। पहिलो घन्टी मै उनले फोन उठाइन, फोन उठ्ने बित्तिकै सोधिहालें कहाँ छौ फुच्ची तिमीरु उनले मेरो प्रश्नको प्रती प्रश्न गर्दै सोधिन हजुर कहाँ आइपुग्नु भयो ररु मैले बस बिसौनी आइपुगें भनेर नसक्दै उनले फेरि सोधिन कहाँ निर हुनुहुन्छ रु मैले तुरुन्तै जवाफ फर्काएँ यता पट्टि चौतारी रहेछ नि हो त्यही चौतारी नीर छु अनि तिमी कहाँ नीर छौ त फुच्चुरु उताबाट उनले पनि चौतारी नीर नै भएको बताइन र फेरि भनिन ए ए मैले देखें हजुरलाई हजुरसंग ठूलो झोला छ होइन तरु मैले तुरुन्तै जवाफ फर्काएँ हजुर हो।
केहिबेर मै उनी मेरो नजिक आइपुगिन र नमस्कार गर्दै हाल खबर सोधिन्१ मैले ठिक छु अनि तिमीलाई कस्तो छ भन्दै प्रश्न गरें उनले पनि आफू सन्चै आरामै भएको बताइन१ औपचारिकता सकिएपछि हामी कहाँ बाँस बस्ने ठाउँ खोज्नु थियो१ मेरा लागि बिल्कुलै नयाँ शहर थियो भने उनी केटि मान्छे उनलाइ झन होटलहरुको बारेमा थाहा हुने कुरै भएन१ त्यसैले नजिकै उभिएको ट्याक्सी नीर गएर सोधें दाजु यता कतै बाँस बस्ने राम्रो होटेल छैनरु ट्याक्सीवाला दाजुले नजिक त छैन यहाँ देखि अलि पर छ यो बाटो १० मिनेट जति सिधा जानुहोस् भन्नुभयो तर नचिनेको ठाउँ अनि साँझको झन्डै ९स्३० को समय त्यसैले तिनै ट्याक्सीवाला दाजुलाइ ट्याक्सी मै पुर्याउन आग्रह गरें वहाँ मानिहाल्नु भयो१ झोला ट्याक्सिको पछाडी राखेर उनी र म ड्राइभर पछाडिको सिटमा संगै बसेर होटल तिर लाग्यौं।
ट्याक्सी केहिबेर मै एउटा चार पाँच तले घर अगाडि पुगेर टक्क रोकियो१ ड्राइभ दाजुले हातको औंलाले इशारा गर्दै भन्नू भयो भाइ उ यो होटेलमा जानू यहाँ खान बस्नको राम्रो ब्यवस्था छ१ हस भन्दै ट्याक्सीबाट दुबै जना ओर्लियौं मैले झोला निकालेर ट्याक्सी भाडा दिएं अनि लाग्यौं होटलको रिसिप्सन तिर म अगि अगि उनी पछि पछि।रिसिप्सनमा एक जना अधबैंसे महिला उभिएकी थिइन १ सायद होटलकी मालिक्नी थिइन होला, दिदी कोठा छ होलारु मेरो प्रश्न थियो१ उनले तुरुन्तै जवाफ फर्काइन हजुर छ। अनि उनले एकजना केटिलाइ बोलाइन र हामिलाइ कोठा देखाउन भनिन, ती नानी हातमा दुई तीन वटा कोठाको चाबी लिएर भर्याङ चढ्दै पछि पछि आउन अनुरोध गरिन१ हामी दुबै जना उनको पछि पछि भर्याङ चढ्यौं घरको दोश्रो तलामा पुगेपछी उनले एउटा कोठा खोलिन र बत्ती बाल्दै भनिन हेर्नुस त कस्तो लाग्छ हजुरहरुलाइरु उनले ट्वाइलेट बाथरुम अट्याच भएको कोठा देखाइन कोठामा टि।भी। पनि छ भन्दै टि।भी। पनि देखाइन१ मैले मेरि फुच्ची तिर हेरेर सोधें फुच्चु कस्तो लाग्यो हुन्छ तरु उनले टाउको हल्लाउदै हुन्छ भन्ने इशारा गरिन्।
हामी त्यही कोठामा बस्ने निर्णय गर्यौं, उनी कोठा मै बसिन म होटलमा काम गर्ने तिनै बहिनी संगै तल रिसिप्सनमा झरें। कोठा बुकिङ गर्नु थियो, बुकिङमा आफ्नो नाम, ठेगाना र फोन नम्बर टिपाएँ, त्यहाँ त अझ कोठामा कति जना बस्नेरु अनि सम्बन्ध के सबै लेख्नुपर्ने रहेछ, मैले पनि बिना अलमल लेखिदिएं दुइजना सम्बन्ध परिवार कोठा बुकिङ गर्दा केही पैसा पहिले नै डिपोजिट राख्नु पर्ने रहेछ, पर्सबाट दुई हजार झिकेर दिएं, खाना खानुहुन्छ होला निरु होटलवाली दिदिको प्रश्न थियो१ मैले होटलको कार्ड लिएं र फोन गरेर खानाको अर्डर दिने भन्दै कोठा तिर चढें।
म कोठामा पुग्दा उनी शान्त मुद्रामा ओछ्यानको एक छेउमा बसिरहेकी थिइन१ मलाइ देखेपछी हल्का लजाइन क्यारे मुसुक्क हाँस्दै शिर झुकाइन, म उनको छेवैमा गएर बसें उनी घरी घरी म तिर फर्केर हेर्थिन र मुस्कुराउथिन मात्र म पनि अकमक्क थिएं के बोल्नु कहाँ बाट कुरा शुरु गर्नु किनकी फेसबुक, इमो र फोनमा जति नै कुरा भएपनी हाम्रो पहिलो भेट थियो।
म उनको छेवैमा बसेर उनलाई जिस्काउदै सोधें के भो किन नबोलेकी डरायौ कि के होरु उनले सानो स्वरमा होइन किन डराउनु र म हजुरसंग भन्ने जवाफ दिइन१ म धेरै खुसी थिएं किनकी उनी जति तस्बिरमा देखिन्थिन त्यो भन्दा कयौं गुणा सुन्दर रहेछिन१ ठुला ठुला आँखा, कालो लामो सिल्की परेको केशरासी, गोरि, सानो चुच्चो परेको नाक, हाँस्दा गालामा डिम्पल पर्ने, सेता अनि मिलेका दाँतहरु, गोरि चट्ट परेको जिउडाल, मिलेको शरिर चाहिने जति उचाइ, बर्णन गर्नै सक्दिन उनको रुपको बारेमा म। बस यति मात्र भन्न सक्छु मैले कल्पना गरेको भन्दा कयौं गुणा सुन्दर१ मैले नदेखेकी अप्सरा भन्दा पनि लाखौं गुणा सुन्दर थिइन मेरो लागि।
फुच्ची खाना के खानेरु मेरो प्रश्न थियो, उनले आज म केही खान्न श्रावण महिनाको सोमबार आज मेरो व्रत छ१ हजुरले के खानुहुन्छ खानु म केही खान्न१ उनले तुरुन्तै जवाफ फर्काइन। म अकमक्क परें त्यै पनि मैले घुर्की लगाउदै भने तिमी नखाने भए म पनि केही खान्न। उनी फेरि बिस्तारै बोलिन, लौ किन निरु मेरो व्रत छ त्यसैले म केही खान्न हजुर खानु लामो यात्रा बाट थाकेर आउनु भएको छ भोक लागेको होला खाना खानु१ उनले मेरो अनुहार हेर्दै भनिन्। हस भन्दै मैले होटेलको रिसिप्सनमा फोन गरेर सादा ९ भेजिटेरियन० खाना र दुई बोतल पिउने पानीको अर्डर दिए अनि भनें फुच्चु तिमी बस्दै गर म नुहाएर फ्रेस भएर आउछु ल१ उनी हस भन्दै आफ्नो मोबाइल समाइन म झोला खोलेर कपडा अनि ब्रस मा कोलगेट राखेर तौलिया बोकि बाथरुम तिर लागें।
म नुहाएर बाहिर निस्कदा उनी आफ्नो मोबाइल हेर्दै थिइन। म नुहाएर आएको केही बेर मै खाना आइपुग्यो। मैले उनलाइ खान अनुरोध गरें तर पनि उनी मानिन१ एक्लै एक्लै खाना खान खासै मन लागेन त्यै पनि केही खाना खाएर थाल बाहिर राखिदिएँ अनि ढोका बन्द गरें अनि झ्यालको ढोका बन्द गरेर पर्दा पनि लगाइदिएँ र उनको नजिकै आएर बसें। उनी निकै लजाएको भान हुँदै थियो, थोरै मात्र बोल्थिन।केही बेर मिठा मिठा कुराहरु गरेपछी सुत्ने तयारी गर्यौं, दुइटा अलग अलग ओछ्यान भएपनी हामी एउटै ओछ्यानमा संगै सुत्ने निर्णय गरेर म कुना तिर पल्टिएँ उनी निकैबेर बसिरहिन मैले सुत्न अनुरोध गर्दा पनि उनी मानेकी थिइन त्यसैले मैले नै तानेर उनलाइ ओछ्यानमा सुताइदिएँ। लाजले होला उनको अनुहार तो भएको थियो। सायद उनलाइ निकै लाज लागेछ क्यारे कोठाको बत्ती निभाउन भनिन स्विच मेरो नजिक थियो१ मैले नै कोठाको बत्ती निभाइदिएँ।
अब कोठामा छेउछाउका घरहरुमा बलेका बत्तिहरुको मधुरो प्रकाश र एकोहोरो घुमिरहेको पंखाको आवाज बाहेर अरु केही थिएन हाम्रो वरिपरि१ म देखि उनी अलि पर सुतेकी थिइन मैले नै उनलाइ आफू तिर तानेर अंगालोमा कसें उनी थोरै लजाए पनि बिरोध गरिनन्। उनी मेरो अंगालोमा थिइन र हामी एक आपसमा कुरा गर्दै थियौं कोठा अँध्यारो भएकोले र अनुहार नदेखिने भएकोले होला उनी अलि खुलेर बोल्न थालेकी थिइन। समय कति बजेको थियो थाहा भएन१ म दुई दिन देखि नसुतेकोले होला कुरा गर्दा गर्दै झुप्प झुप्प निदाउने रहेछु उनले हजुर निदाउनु भएको हो र भन्दै झकझकाएपछी फेरि बिउँझिन्थे र उनिसंग कुरा गर्थें, कुरा गर्दा गर्दै मैले उनलाइ आफू तिर खिचेर उनको ओठमा आफ्नो ओठ जोडें उनले बिरोध गरिनन् उनले पनि मलाइ साथ दिइन। बिस्तारै हामी प्रेमिल अनि रोमान्टिक हुँदै गएका थियौं।
पटक पटक ओठमा ओठ जोड्ने क्रम चलिरह्यो, उनी मेरो दुइहात बिच मेरो बाहुमा समाहित थिइन मेरो छातिमा टाँसिएर सुतेकी थिइन त्यसैले पनि एक अर्कामा सामाहित हुन खासै अफ्ट्यारो परेको थिएन्१ बिस्तारै उत्तेजना बढ्दै जान थाल्यो, अब मेरा हातहरु उनका अंगहरुमा पुग्न चाहान्थे जब मेरा हातहरु उनका अंगहरुमा पुग्न खोज्थे उनी मेरा हातहरु समाएर त्यसो नगर्न अनुरोध गर्थिन मैले पनि उनको अनुरोधलाइ नकार्न सक्दिन थिए र फेरि सम्हालिन्थें।
उनी मलाइ बिश्वास गरेर आएकी हुनाले म उनको बिश्वास कदापी तोड्न चाहादिन थिएँ, त्यसैले सकेसम्म उनलाइ मनाउन चाहान्थें तर लाख कोसिस गर्दा पनि उनी पटक्कै मानिनन्। त्यसैले मैले उनलाइ आफ्नो बाहुमा कसेर कुरा गर्दै बेला बेलामा उनको ओठमा ओठ चुम्दै सुतिरहें। उनी हाम्रो चिनजान देखिका एक एक कुराहरु खुसी हुँदै मलाई सुनाउदै थिइन म उनको कुरा सुन्दा सुन्दै निदाउने रहेछु उनी जवाफ नपाए पछि फेरि मलाई उठाउथिन्१ म निदाउनै लागेको रहेछु उनी भन्दै थिइन हजुरले यसो भन्नू भएको थियो मैले उसो भनेकी थिएँ१ उनी बोल्दा बोल्दै म फेरि निदाएँछु।
उनले फेरि जगाइन म जागें उनी हामी बिच भएका एक एक कुराहरु कण्ठ गरेर आएकी थिइन जस्तो लाग्छ एक एक शब्द सुनाउदै थिइन । मलाइ अत्यन्तै निद लागेकोले मैले उनलाइ अब सुतौं न ल भनेर अनुरोध गरें उनी पनि हस भन्दै मेरो दायाँ हातमा आफ्नो शिर राखेर मेरो छातिमा लुपुक्क टाँसिइन। म छिटै निदाएँछु उनी कतिबेला निदाइन या निदाइनन् थाहै पाइन।
मस्त निद्रामा थिएं एक्कासी उनले मेरो ओठमा आफ्नो ओठ जोडेर चुप्प गर्दै गर्दा मेरो निद खुल्यो। म पनि उनको चाहनामा साथ दिन थालें हामी दुबैजना सायद हराइसकेका थियौं एक अर्कामा। र पनि चुम्बन बाहेक अगाडि बढेनौं। केहिबेरको चुम्बन पछि फेरि सुत्यौं। कतिबेला दुबैजना निदायौं पत्तै भएन।
बिहान ५स्३० बजे तिर बिउझेंपछी मैले उनलाइ पनि बिउँझाएँ उनी मस्त निद्रामा थिइन१ लाग्थ्यो सायद उनि जीवनमा पहिलो पल्ट आफुले माया गरेको मान्छेको अंगालोमा निदाएको हुनुपर्छ। हामी दुबै जना बिउँझेपछी केहि बेर प्रेमिल गफ गर्यौं अनि छोंटो चुम्बन पछि म उठेर फ्रेस हुन बाथरुम तिर लागें उनी ओछ्यानमा नै थिइन१ जब म ब्रस गरेर मुख धोइ वरि फ्रेस भएर बाहिर निस्किदा उनी पनि तयार हुँदै थिइन मैले आफ्नो कपडा झिक्न लागें। उनी आफ्नो केश कोर्न लागिन१ केश कोरेर सकेपछी उनी बाथरुम तिर लागिन म तयार हुन लागें।
मलाइ फेरि यात्रा गर्नु थियो कहि टाढा पुग्नुपर्ने भएकोले बिहानको पहिलो बस चढ्नु थियो। हामी दुबैजना तयार भएपछी झोला बोकेर तल रिसिप्सनमा ओर्लियौं मैले फोन गरेर हिजो साँझ त्यहाँ सम्म पुर्याइदिने ट्याक्सिवाला दाइलाइ बोलाइसकेको थिए। होटेलको हिसाब गरेर बाकी पैसा तिरें अनि हामी ट्याक्सी चढ्यौं र बसपार्क लगिदिन आग्रह गर्यौं।
ट्याक्सी गुड्न थाल्यो उनी केही बोलिनन्। म उनलाइ आफुतिर तानेर आफ्नो छातिमा उनको टाउको राखेर केश मुसार्दै थिएं यत्तिकैमा ट्याक्सिले माइक्रोबस लाग्ने ठाउँमा पुर्यायो। मैले टिकट लिएँ र झोला गाडिमा राखेर हामी दुबै जना चिया पिउन नजिकैको रेस्टुरेन्ट तिर लाग्यौं। रेस्टुरेन्ट नजिम पुगेर हेर्दा खुलेकै रहेनछ। श्रावणको महिना भएकोले सिमसिम पानी परिरहेको थियो। हामी चिया पिउने ठाउँ खोज्दै केही पर सम्म पुग्यौं र एउटा रेस्टुरेन्टमा बसेर चिया पियौं।
चिया पिएर सकेपछि फेरि हामी बसपार्क तिर लाग्यौं बस छुट्ने समय हुनै लागेको रहेछ मैले उनलाइ छुट्टिनको लागि बिदा मागें उनले म जाने बस उनी बस्ने कोठाको नजिक हुँदै जान्छ त्यसैले त्यहा सम्म बसमा हजुरसंगै जान्छु भनिन मैले पनि हुन्छ भनेर हामी बसमा संगै बस्यौं। केहिबेरमा बस गुड्न थाल्यो। बसपार्क बाट बिस्तारै यात्रु खोज्दै गुड्दै थियो केहिबेरमा बसले रफ्तार लिन थाल्यो।
झन्डै १५ मिनेट गुडेपछी उनले आफू ओर्लिने ठाउँ आउन लाग्यो भनिन र राम्रो संग जानू फोन गर्दै गर्नु होला भनिन अनि म कलेज जान्छु तर पनि मोबाइल लिएर नै जान्छु भनिन१ अलि पर पुगेपछि उनले ड्राइभरलाई गाडी रोकिदिन अनुरोध गरिन बस रोकियो उनी ओर्लिन र राम्रो संग जानू र गन्तव्यमा पुगेपछी फोन गरेर जानकारी गराउन भन्दै बिदाइको हात हल्लाईन१ मैले उनको आँखामा हेरें उनका आँखा रसाइसकेका थिए। मैले हस राम्रो संग बस आफ्नो ख्याल गर पुगेपछी फोन गर्छु र समय मिल्दा मिसकल गर बाहेक केही भन्न सकिन किनकी मलाइ पनि उनिसंग छुट्नुपर्दा निकै पिडा भएको थियो। मेरो पनि आँखा रसाउनै लागेका थिए, मुटु दुखिरहेको थियो। उनी बिदा लिएर आफ्नो बाटो लागिन हाम्रो गाडी पनि आफ्नो गन्तव्य तिर हुइकिन लाग्यो।
गाडी आफ्नै बेगमा कुँदिरहेको थियो म उनलाइ सम्झिदैं थिए एक्कासी गाडीले ब्रेक लगायो म अगाडिको सिटमा ठोक्किन पुगें। बेस्सरी दुख्दा ऐया भन्ने आवाज निस्कियो र झल्याँस बिउझिएं। जब बिउझिएं म आफुलाइ आफ्नै ओछ्यानमा भएको पाएँ। यतिका बेर सम्म मैले सपना देखिरहेको पो रहेछु। शुरुदेखि सबै सपना सम्झिने कोसिस गरें कतिबेला खुसी लाग्यो त कति कति बेला आफैसंग आफैलाइ लाज लाग्यो।
उनको अनुहार सम्झिने कोसिस गरें कल्पना गर्दै उनको अनुहार आफ्नो दिमागमा आफैले बनाउने कोसिस गरें सम्झिदा पनि उनी सपना कै जस्ती राम्री भइन१ मनमनै सोचें कति मीठो सपना १ कास साच्चै उनिसंग भेट भएको भए१ कास यो सपना हकिकत भएको भए१ कास उनी सधैं सधैंका लागि मेरो जीवनमा आएकी भए१ कास१ सपनामा देखेको कुरा बिपनामा पनि पाउने भए१ यस्तै यस्तै सोच्दै सिरानीलाई उनी सम्झेर अंगालोमा च्यापेर फेरि उनलाइ सपनामा देख्नको लागि फेरि निदाउने प्रयास गरें।