• २०८१ माघ १ गते मङ्गलवार

ग्रीनपार्क तोडफोड काङ्ग्रेस नेतृत्वले नगरेको : वार्तासमिति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २० ,रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न ५ दरवाहा रहेको ग्रीनपार्क तोडफोड काङ्ग्रेस नेतृत्वले नगरेको गाउँपालिकाले सोही क्षेत्रको विवाद समाधान गर्न गठित वार्तासमितिका सदस्यहरुले बताएका छन। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै वार्ता समितिका सदस्यहरु कमल खड्का र चन्द्रमान चौधरीले वार्तास्थलमा नेपाली काङ्ग्रेसका शुद्धोधन सभापति सेरबहादुर काफ्लेसहित ३ जनाको नेतृत्वमा तोडफोड भएको भनी केही समुहबाट भ्रम र गलत शन्देश फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन। गाउँपालिकाले समस्या समाधानका लागि गठन गरेको वार्तासमितिमा आफुहरु रहेकाले पहिलो दिन १५ गते वार्ता सौहार्दपुर्ण भएको र दोस्रो दिनबिहानबाट सुरु भएको वार्ता नटुङ्गिएपछी केही समयपछि बस्ने भनी स्थगित भएको बैठक निर्धारित समयमा वार्तासंयोजक पुण्यराम गौतम उपस्थित र सम्पर्कम नभएको बेलामा स्थानीयहरु जम्मा भइ आक्रोशित भएको खबर वार्ता स्थलमै जानकारी पाएको रनेपाली काङ्ग्रेसका तर्फबाट वार्ताका सदस्यहरू साढे ४ बजेसम्म वार्तास्थलमा रहेको बताएका छन।

उनिहरुले उक्त तथ्यलाई गाउँपालिकाको सिसिटिभी फुटेज,शुरक्षाकर्मी ,गाउँपालिकाका कर्मचारीले पुष्टि गर्ने बताएका छन।जनताको समस्यालाई गाउँपालिका र नेपाली कांग्रेसको वार्ता टोली मार्फत समाधान गर्ने प्रयास गरिरहेको समयमा अराजनीतिक तत्वहरुले तोडफोड गरेको भन्दै उनिहरुले भत्सर्ना गरेको छन

प्रतिक्रिया दिनुहोस