• २०८१ माघ ११ गते शुक्रवार

एकै परिवारका १४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०,मोरङ । कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन तीन दिन नगरपालिकाका विभिन्न वडामा बन्द आह्वान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको ४, ६ र ७ नम्बर वडा पूर्णरुपमा सिल गरिएको जानकारी दिए ।

केही दिनअघि मुख्य बजार क्षेत्रमा ७३ वर्षीय वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यको पहिचान गर्दै सबैको स्वाब नमुना सङ्कलन कार्य भइरहेको उनको भनाइ छ ।मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाण्डौ हुँदै रङ्गेली घर आएका थिए । नगरपालिकाका अनुसार झण्डै एक महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस