• २०८१ माघ ८ गते मङ्गलवार

उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना देखियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०,काठमाडौं ।उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएका छन् । ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।

प्रतिक्रिया दिनुहोस