• २०८१ माघ ११ गते शुक्रवार

भारतले सुरक्षाकर्मीको सङ्ख्या कालापानी क्षेत्रमा दोब्बरले बढायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०,धार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । ​तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।

अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा गाडीमार्फत भारतले गस्ती बढाएको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस