• २०८१ माघ ८ गते मङ्गलवार

सरकारले तोक्यो स्वाब संकलन गर्न उपत्यकाका १४ अस्पताल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण १०, काठमाडौँ । सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १४ अस्पताल तोकेको छ । काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।

शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त ठाउँबाट आएकाहरुले यी अस्पतालमा बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ ।यी बाहेक सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।

Image may contain: text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना सूचना !! सूचना मिति सम्बन्थमा महामारी संक्रमण बढिरहेको उपत्यकाकमा यसको बढिरहेको सर्वसाधारण घरबाहिर अत्यावश्यक अवस्थामा संकास्पद खोजपडताल सम्पर्कमा व्यक्तीहरु जोखिमयुक्त स्थाहरुबाट केन्द्रमा विहानको अस्पतालहरु सबैमा अवस्थामा काठमाडौ जनस्वास्थ्यका भिडभाड नगने, सस्बन्थमा विरामीको बनाईएको भएका व्यक्तीहरुले परिक्षण संकलन केन्द्रहरु: अनुरोध सहयोग गर्न अस्पताल, सिभिल शिक्षण अस्पताल विरेन्द्र अस्पताल अस्पताल भक्तपुर अस्पताल अस्पताल अस्पताल शसस्त्र प्रहरी प्रसुती हयाम्स अस्पतालहरु अस्पतालहरु, कोभिड मैत्री अस्पताल अस्पतालहरु, कोभिड अस्पताल .... समिरकुमार अधिकारी सह-प्रवक्ता, मन्त्रालय'

प्रतिक्रिया दिनुहोस