साउन २०,रुपन्देही। बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।